Posts

अविष्मरणीय यात्रा अनवरत सहयात्रा

Image
उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला मर्मलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरु को होला अरुले मलाई धुक्कारी दिंदा मायाले मलाई छातीमा टाँस्ने कसैले सोधे को तेरो भनी, जवाफमा तिमी बाहेक को होला तिमी नै सोच मेरो को होला जँघार तर्न हात समाउने तिमी नै हौ त्यो अरु को होला  तिमी नभए ठुलो संंसारमा आफन्त भन्नु अरु को होला लान्छना धेरै धेरैले गरे कतिले अमृत भनी विष घोले त्यसरी आफ्नो कोही नहँुदा सहारा तिमी नभै को होला  तिमी नै भन मेरे को होला  उकाली चढ्दा पसिना पुछ्ने ............ (तिमीलाई यो गीतले केहि याद गराउँछ??) आज बैसाख २७ । हाम्रा लागि विशेष दिन । हो तिमी नभए अरु को होला किनकी तिमी विना न मेरो दिनको शुरुवात हुन्छ न त रात नै । मेरो जीवनको झण्डै ४ दशक बितिरहँदा लगभग जीवनको आधा समय तिमीसँग बित्यो । तिमीसँग भेटिनु अघिको मेरो दिनचर्या अर्कै थियो, कहालीलाग्दो बालापन र पाइलापाइलामा खाएका ठक्कर अनि त्यस पछाडिको मेरो संघर्ष । एकमुठी मायाका लागि हरेक सम्बन्धप्रतिको मेरो आशा अनि त्यसवापत पाएका निराशा ती सबै मेरो मनमा नै छन् । मानसिक रुपमा विक्षिप्त थिएँ । मामाघरको आँगनमा खेल्ने, बाआमाको अगाध मा